
काठमाडौं।कवि रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरे।
कार्यक्रममा कुलपति राई,आहुती,दीपक सापकोटा र लक्ष्मी मालीले कृतिको बारेमा बोले ।
यस कवितासंग्रहमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह र आत्मसम्मानजस्ता विषयमा आधारित ४० वटा कविता समावेश छन्।
कार्यक्रममा कविहरू स्वप्निल स्मृति, अस्मिता केसी, प्रज्वल अधिकारी, सुरज राना र मीरा जिएमले ‘बगावतनामा’भित्रका कविता वाचन गरे।
इन्डिगो इन्कले प्रकाशित गरेको यस कवितासंग्रहको मूल्य ५४९ रुपैयाँ रहेको छ।



