
काठमाडौं । कवि कथाकार रासाको नवीन कथाकृति ‘कहर वृत्त’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, नारायण तिवारी, राजव, श्यामल, अविनाश श्रेष्ठ, रासालगायतले कृति सार्वजनिक गरे ।
साहित्यकार साकारले कथाकार रासाको काव्यकारिताको चर्चा गर्दै उनको कथाकृति पढ्न उत्सुक रहेको बताए ।
कार्यक्रममा समालोचक डा. भरतकुमार भट्टराईले कृतिको चिरफार गर्दै रासाले छोटाछोटा कथामा नवीन विषयवस्तु उठाएको चर्चा गरे ।
कवि कथाकारहरू श्यामल, राजव, किशोर पहाडी, नारायण तिवारीले उनको कथाकारिताको प्रशंसा गरे ।
कथाकार रासाले आफूले कल्पनामा आधारित यथार्थ कथा लेख्न खोजेको बताए ।




