
काठमाडौं ।२०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलले स्थापना गर्नुभएको रु. २५ हजार नगदराशिको ‘पवन आलोक नियात्रा पुरस्कार’ आगामी (पाँचौँ ) संस्करणदेखि रु.५० हजार बनाइएको छ ।
प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारीसको आधारमा एक उत्कृष्ट कृतिलाई प्रदान गरिदै आएकोमा आउँदो संस्करणदेखि नियात्राकारले नियात्रा विधाको उन्नयनमा पुर्याएको योगदानको आधारमा प्रदान गरिने भएको छ ।
नियात्रा समाज नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको उक्त पुरस्कार सस्थापक श्रीमती रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्ष श्री मोहन चापागाईंले २०८२ पुष २५ गते पुरस्कार संञ्चालनको संशोधित विनियमावलीमा हस्ताक्षर गर्नुभएको छ।
वरिष्ठ नियात्राकार पवन आलोक, साहित्यकार राधेश्याम लेकाली तथा नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाको उपस्थितिमा पुरस्कार सञ्चालन विनियमावलीमा हस्ताक्षर भएको छ।




