भक्तपुर। सिर्जना अभियान समाज, भक्तपुरको आयोजनामा शान्ता शाक्यका दुई लघुकथा कृति लाय्लामाया क्वय् र तरङ्गगितमाथि विमोचन र विमर्श कार्यक्रम सम्पन्न भयो ।
संस्थाका सचिव तथा कार्यक्रमका सभापति ध्रुव मधिकर्मी रहनु भएको कार्यक्रममा प्रमुख अतिथि डा. पुष्करराज भट्टलगायत ७ जनाले तरङ्गित लघुकथाको लोकार्पण गर्नु भएको थियो ।
साहित्यकार राजेन्द्रगोपाल सिंहले वर्तमान धेरैजसो सर्जकहरू निजी स्वार्थ र सेवाको फल मेवा तुरुन्त पाउने अपेक्षामा रहेका छन् भन्दै वर्तमान सर्जकहरूमाथि कटाक्ष प्रहार गर्नु भएको थियो ।
सुधीर ख्वबिले नेपाल भाषामा लेखिएको लाय्लामाया क्वय् बारेमा समीक्षा गर्नुभएको थियो । समीक्षकद्वय डा. हिमलाल श्रेष्ठ र इन्दिरा चापागाईँले तरङ्गित लघुकथा संग्रहमा रहेका सकारात्मक र त्रुटि समेत नकारात्मक पक्ष बारेमा प्रकाश पार्नु भएको थियो ।
कृतिकार शान्ता शाक्यले कृति विमोचन हुँदासम्म सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा लघुकथाकार लता के.सी., राजेन्द्रगोपाल सिँह, डा. हिमलाल श्रेष्ठ, सुधीर ख्वबि र ईन्दिरा चापागाईँ रहनु भएको थियो ।
कार्यक्रम समाजका सदस्य सुदीप हाडाले संचालन गर्नुभएको थियो ।