काठमाडौं।बाङ्गा अक्षरको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२’को नतिजा सार्वजनिक गरेको छ। बाङ्गा अक्षरले ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२’ का लागि मंसिर १, २०८२ को समय अवधि तोकी विद्यालय तहको निबन्ध आह्वान गरेको थियो।
‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ का लागि देशका १२ कक्षाका विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको हाे।
उक्त पुरस्कार बाङ्गा अक्षरले काठमाडौंमा २०८२ पुस १२ गते कार्यक्रम आयोजना गरी प्रथमलाई नगद २०,०००/- , द्वितीयलाई १०,०००/- र तृतीय दुई जनालाई नगद ५,०००/- रूपैयाँसहित सम्मानपत्र अर्पिने भएकाे छ।
प्रथम विजेता कुसुम घिमिरे काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौती, काभ्रेका कक्षा १२ की छात्रा हुन्। छात्र साइमन घिमिरे र छात्रा अनुश्री आचार्य डियरवाक सिफल स्कुल सिफलमा क्रमशः कक्षा १२ र १० मा पढ्दै छन्।
त्यस्तै विनिता प्रधान सिद्देश्वर माध्यमिक विद्यालय दावा, भोजपुरमा कक्षा १२ मा पढ्दै छिन्।
हास्यव्यङ्ग्यकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्सालको मूल्याङ्कन समितिले नतिजा घोषणा गरेको हो।
हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ स्थापना गरेका हुन् ।