काठमाडौं ।साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई व्यथित काव्य सम्मान २०८१ र काव्य डायस्पोरा सम्मान २०८१ कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
यसैगरी ूव्यथित काव्य डायस्पोरा सम्मानूबाट कवि सुरेन उप्रेतीको आधा दर्जन विभिन्न विधाका कृतिहरु प्रकाशित भैसकेका छन् . वि.स.२०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ ।
यस पुरस्कारबाट यसअघि थुप्रै कविहरु पुरस्कृत भैसकेका छन् ।