काठमाडौँ । पन्त स्मृति प्रतिष्ठानले नृत्यकला, चित्रकला, हास्यव्यङ्ग्य, समालोचना, समाजसेवासहितका विविध नौ विधामा स्थापना गरेका पुरस्कार आगामी शुक्रबार प्रदान गर्ने भएको छ ।
रु ५० हजार राशिको गोपालराज पन्त स्मृति सम्मान नरनाथ लुइँटेल, रामराज पन्त स्मृति सम्मान किरण आचार्यलाई प्रदान गरिने भएको छ । यसैगरी लोक संस्कृतितर्फको मैँया वासु पन्त स्मृति पुरस्कारबाट डा निर्मला पोखरेल, रु ५० हजार राशिको बन्धु पन्त स्मृति पुरस्कारबाट विमल भौकाजी, टीका मुकुन्द पन्त स्मृति पुरस्कारबाट युवराज मैनाली, रु दश हजार राशिको आमा इन्दिरा पन्त स्मृति सम्मानबाट सरिता अर्याल, रु.१० हजार को सुशीला पन्त स्मृति बाल साहित्य पुरस्कारबाट सुशीला देउजालाई सम्मान गरिने छ । रामराज पन्त स्मृति सम्मान किरण आचार्य, रु दश हजारको सदिच्छा बाल प्रतिभा पुरस्कार पूर्णिमा सिंह तथा रु.२० हजारको सीताश्री स्मृति सम्मानबाट विनय हुमागाई सम्मानित हुँदैछन् ।
प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले जारी गरेको विज्ञप्तिमा उक्त कुरा जानकारी गराइएको छ ।
उक्त सम्मान तथा पुरस्कार साउन २५ गते राजधानीमा आयोजना हुने प्रतिष्ठानको २३औँ वार्षिकोत्सवमा प्रदान गरिने जनाइएको छ ।