
काठमाडौं । नेपाली साहित्यको उन्नयनमा समर्पित साहित्यिक सस्थाहरूमध्ये एपेक नेपाल एक अग्रणी संस्थाका रूपमा रहिआएको छ ।
पृथक धार, ओजपूर्ण नवीन दृष्टिकोणकासाथ विविध साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको संस्थाले गत वर्षदेखि सुरु गरेको ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’ यस वर्ष कोसी प्रदेशको इटहरीमा गर्दै छ । विशेषगरि काव्यधारालाई समातेर अघि बढ्दै गएको यस संस्थाले देशका विभिन्न भागका कविहरूलाई मञ्च प्रदान गर्दै आएको छ ।
एपेकले राष्ट्रिय काव्यमहोत्सव सुनसरी जिल्लाको इटहरीमा आज कात्तिक १५ गते शनिबार आयोजना गर्दैछ ।
यस वर्ष पनि सात प्रदेशका चौध कविले आफ्ना रचना प्रस्तुत गर्ने तयारी गरेका छन् ।
कविता वाचनका लागि यो वर्ष कोशी प्रदेशबाट धीरज राई, अस्मिता विष्ट, मधेशबाट मनोज लोहार, सपना कर्ण (मनोरमा), बागमतीबाट गणेश श्रमण, एलिशा एकलास, गण्डकीबाट रोशन तिमिल्सिना, निकेश गिरी, लुम्बिनीबाट रसिक राज, चन्द्र जीएम, कर्णालीबाट लक्ष्मण मानव, कल्पना पलक र सुदूरपश्चिमबाट खेम बतास अनि मोहित जोशी चयनित भएका आयोजकले बताएका छन् ।



