
काठमाडौं।हाम्रो लघुकथा केन्द्रको अध्यक्षमा डा.शेखरकुमार श्रेष्ठ चयन भएका छन् ।
डा.श्रेष्ठको नेतृत्वमा उपाध्यक्षमा सत्या अधिकारी,सचिव रामराजा केसी,सहसचिव मिसु श्रेष्ठ,कोषाध्यक्ष मनीषकुमार शर्मा चयन भए ।
यसैगरी सदसयहरुमा क्रमश रमेश सुवेदी,निर्मला बराल,शान्ता तिम्सिना,सुनिता निरौला पौडेल,गंगा दाहाल न्यौपाने र वन्दना घिमिरे चयन भएका छन् ।
वरिष्ठ साहित्यकार एवं नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभाको केन्द्रका अध्यक्ष लता केसीको अध्यक्षतामा उद्घाटन शत्र सञ्चालन भएको थियो ।
उद्घाटन शत्रमा ध्रुव मधुकर्मी,डा.भरतकुमार भट्टराई,गंगा पौडेल कर्माचार्य,तुलसीहरि कोइराला र नवराज रिजालले शुभकामना मन्तव्य राखे । कार्यसमिति सदस्य दामोदर अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।





