
काठमाडौं।अभिनेता राजेश हमालको जीवन र सिनेमा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अभिनेता हमाल, लेखक बुद्धिसागर, पत्रकार एवम् लेखक यज्ञश र हमालपत्नी मधु भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
पुस्तकमा हमालको ३५ वर्षे फिल्म करिअर, व्यक्तिगत जीवन र समाजका विषय समेटिएको छ । यो पुस्तक लेखक यज्ञशसँगको सहकार्यमा तयार पारिएको हो ।







