चर्चामा पुस्तक
धन्यवाद जिन्दगी
रवि नेपालीकृत कवितासङ्ग्रह होद धन्यवाद जिन्दगी । उत्कृष्ठ काव्यकला भएका ५३ थान कविताहरु यस कृतिभित्र रहेका छन् । स्वच्छन्दतावादी धारमा लेखिएका,मानवीकरण गरिएका कविताहरु मात्र नभएर प्रेमिल कविताहरु पनि यसमा परेका छन् । राजनीतिक विषयका कविताले पनि स्थान पाएका छन् । बैचारिक चेतका कविता पनि परेका छन् ।
सुन्दर बिम्बहरु प्रयुक्त गरिएका छोटा र मझ्यौला आयतनका कविताहरु भएका सुन्दर कविताहरु छन् । विभिन्न उपमा, रुपक, प्रतीक समेतले कविता अत्यन्तै पठनीय बनेका छन् । लयात्मक लाग्छन् कविताहरु । शैलीगत रुपमा अत्यन्तै विशिष्ठ लाग्छन् कविताहरु ।
धन्यवाद जिन्दगीलाई श्रीमती टिका भट्टराईले प्रकाशनमा ल्याउनु भएको हो ।
इतिश्री उवाच
डा.सुमनराज ताम्राकारको हास्यव्यङ्ग्य सङ्ग्रह हो । एउटा चिकित्सकले पाठकहरुलाई हास्यौषधिको रुपमा यो कृति दिएका छन् । सफल चिकित्सकको सामाजिक विकृति र विसङ्गति विरुद्धमा फलामे काँडाभन्दा तीखा र गहकिला ३३ थान विभिन्न शिर्षकका व्यङ्ग्यहरु समावेश भएका छन् । पढ्दा मज्जा आउँने,पट्यार नलाग्ने स्वास्थ्यप्रद छन् यी व्यङ्ग्यहरु । समाजका विभिन्न क्षेत्रसँग सम्बन्धित विकृतिहरुलाई गरिएको कटाक्ष छ यहाँ । हाम्रै वरपरका देखाइ,भोगाइलाई व्यङ्ग्यहरु कस्न डा.सुमन सफल देखिए ।
हाँस्नु स्वास्थ्यको लागि लाभप्रद मानिन्छ । यस्तै स्वास्थ्यका लागि हाँसोका औषधीहरु प्रेस्काइब गरेका छन् डा.ताम्राकारले ।
इतिश्री उवाचलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । कृतिको मूल्य रु.३००। रहेको छ ।