
काठमाडौं । ‘जेनजी’ पुस्ताले मुलुकमा व्याप्त चरम भ्रष्टाचार, बेथिति, अनियमितता र परिवारवादका विरुद्ध गरेको आन्दोलनको परिणाम स्वरूप अन्तरिम सरकारको निर्माण र संसद् विघटन गरिएकोमा ‘हेम–सरिता पाठक फाउन्डेसन’ले उक्त कार्यको स्वागत गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
फाउन्डेसनको हालै आयोजित भेलाले आन्दोलनमा सहादत प्राप्त गर्ने आन्दोलनकारीप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
गीत, कविता, पत्रकारिता, शिक्षा र सचेतनामूलक कार्यक्रममार्फत सुशासनका लागि सन् २०११ देखि भ्रष्टाचारविरुद्धका विभिन्न अभियान सञ्चालन गर्दै आएको फाउन्डेसनले वि.सं. २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरेर तिनले भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्ति जफतगरि कानुनी कारबाही गर्नुपर्ने र जफत सम्पत्ति शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरेको छ ।






