
काठमाडौं।विश्व नेपाली साहित्य महासंघ काठमाडौ शाखामा जनार्दन अधिकारी ‘धड्कनको’ अध्यक्षतामा तेइस सदस्यीय कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरिएको छ ।
सोही अवसरमा विनेसाम नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको नेतृत्वमा तेह्र सदस्सीय सल्लाहकार समितिको समेत घोषणा गरिएको छ ।
कार्यक्रम साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा तथा विशिष्ट अतिथि प्रा.डा.गोविन्दमान सिंह कार्की,विनेसाम केन्द्रिय अध्यक्ष लेखनाथ काफ्ले,उपाध्यक्ष विजय हितान र दोस्रो उपाध्यक्ष सुन्ता राई कन्दङ्वाको आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त समारोहमा बाग्मति प्रदेश अध्यक्ष तोयानाथ सुवेदीद्वारा नव निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरिएको थियो ।
निर्विरोध भएका पदाधिकारीहरुमा अध्यक्ष जनार्दन अधिकारी ‘धड्कन’ सुधा बास्कोटा ढकाल,वरिष्ठ उपाध्यक्ष,चुडा निर्भिक दोस्रो उपाध्यक्ष ,पवन बुढाथोकी महासचिव, तिलक गाउँले सचिव सिता पाण्डे कोषाध्य़क्ष,दीपक भेटुवाल ‘दीपसागर’ सहसचिव र सदस्यहरूमा सविता खत्री,रामराजा केसी रिता खतिवडा, सरला तिमल्सिना,सीता घिमिरे,गङ्गा भेटवाल,चन्द्रकला घिमिरे,कन्चना झा, सुरेश चन्द्र घिमिरे,कृष्ण बजगाईं,दुर्गा रिमाल अधिकारी,बिनुबाबा घिमिरे, हरिशचन्द्र गौतम,प्रेम कृष्ण श्रेष्ठ,लक्ष्मी प्रसाद पराजुली (एल पि पराजुली) र अन्जु सापकोटालाई निर्वाचित गरिएको छ ।
मणिराज सिंहको सम्योजकत्वमा तेह्र सदस्यीय सल्लाहकार समितिमा प्रा.डा.बिष्णुहरी नेपाल,प्रा.डा.हेमनाथ पौडेल,प्रा.डा.सावित्री श्रेष्ठ,प्राडा.लेखप्रसाद निरौला,जलेश्वरी श्रेष्ठ, बिश्वविमोहन श्रेष्ठ स्नेह शायमी,नरेन्द्रराज पौडेल,डा. विप्लव ढकाल,डा.बमबहादुर थापा ‘जिताली’डा.पद्मा अर्याल र रविन्द्र आशिष ‘शैली’ रहेका छन् ।
कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई विनेसाम नेपाल शाखा,बाग्मति प्रदेश र काठमाडौ शाखाले स्वागत सम्मान गरेको थियो ।
सो समारोहमा नव निर्वाचित अध्यक्ष जनार्दन अधिकारी ‘धड्कनले’ भावि कार्य योजना प्रस्तुत गरे । उक्त अवसरमा प्रमुख अतिथि शैलेन्द्र साकारले नव निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ कार्य समितिका पदाधिकारीहरुको सक्रियतामा नेपाली भाषा र साहित्यको विकास र विस्तार विश्वस्तरमा प्रवाहित हुनुपर्ने आवश्यकतामा जोड दिए ।
यसैगरी प्रा.डा.गोविन्दमान सिंह कार्की,विनेसाम केन्द्रिय अध्यक्ष लेखनाथ काफ्ले,उपाध्यक्ष विजय हितान,राम दयाल राकेश,गंगा सुवेदी,अभय श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सो समारोहमा कवि एवं स्तम्भकार अभय श्रेष्ठ, भूवन शिवाकोटी “चौघरे” , रजनी खड्का लगायतले रचना वाचन गरेका थिए ।
विनेसाम नेपाल शाखाकी महासचिव अञ्चु सुवेदीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रमलाई अध्यक्ष सिंहद्वारा धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो ।





