
काठमाडौं।नेपाल विद्युत प्राधिकरणले ४० औं वार्षिकोत्सबको पूर्वसन्ध्यामा प्राधिकरण स्तरीय कविता प्रतियोगिता र विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन अमर ज्योति अङ्क ६७ लोकार्पण कार्यक्रम नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंको रुफटप हलमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला रहनु भएको कार्यक्रममा प्रतियोगिताका लागि समय सीमाभित्र ४१ कविका कविता प्राप्त भएकोमा कविता वाचनका लागि २९ प्रतियोगि कविहरूले सहभागिता जनाउनु भएको थियोे ।
कार्यक्रममा अग्रज कविहरू विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुली पूर्व अध्यक्षहरू पूण्य घिमिरे, रामेश्वर राउत मातृदास र कृष्णदेव रिमाल शब्दसेनाले कविता वाचन गर्नुभएको थियोे ।
त्यसैगरी अन्य अग्रज कविहरूमा शिशिर थापा, राजन ऋषि कंडेल,तुलसी प्रसाद सापकोटा, लक्ष्मण मंडल, विमल गुरुङ, रीता खत्रीले कविता वाचन गर्नुभएको थियोे ।
प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको निर्णायकहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ चेतनाथ धमला, मधुपर्कको सम्पादक त्रिभुवनचन्द्र वाग्ले बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको महासचिव शान्ति सापकोटा रहनु भएको थियोे ।
प्रतियोगितामा अनिल पौडेल प्रथम, सागर ज्ञवाली द्वितीय, प्रकाश काफ्ले तृतीय र सान्त्वनामा दुई जना नारायण रेग्मी र उमा न्यौपाने विजयी हुनु भएको थियोे । कार्यक्रम विशेष अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले साहित्यिक कार्यक्रमले कर्मचारी र आम जनमानसमा नयाँ उर्जा पैदा गर्ने हुँदा यस प्रकारका रचनात्मक कार्यक्रम वाषिर्कोत्सवको अलवा अन्य समयमा पनि गर्नका लागि विद्युतकर्मी साहित्यिक समाजलाई सुझाव दिनुभयो ।
अध्यक्षता विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कवि विष्णुप्रसाद आचार्यले गर्नुभएको कार्यक्रममा स्वागत विद्युतकर्मी साहित्यिक समाजकी सदस्य सङ्गीता अधिकारी पौडेलले गर्नुभएको थियोे । कार्यक्रमको संचालन विद्युतकर्मी साहित्यिक समाजका सचिव कवि / गीतकार युवराज शर्माले गर्नु भएको थियोे । कार्यक्रममा प्राधिकरणभित्र र बाहिरका गरि उल्लेख्य कविहरूको उपस्थिति रहेको थियोे ।







