काठमाडौं। साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक गरिएको छ ।
शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा लेखक ममता, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, ब्ल्याकटाउन सिटीका सामुदायिक अगुवा एवं लेखक डा.ओम ढुंगेल, सौरभकिरण श्रेष्ठ र सानु घिमिरेले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।
सिड्नीमा स्थायी रूपमा रही ममताले नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आएकी छन् ।
उपन्यासकार प्रज्ञा पनेरुले पुस्तकमा समेटिएका महिला पात्रहरूको मनोवैज्ञानिक र सामाजिक चित्रणमाथि विश्लेषण प्रस्तुत गरिन् ।
समालोचक सुरेन्द्र दवाडीले उपन्यासको साहित्यिक चेत, संरचना र कथानकको विवेचना गरे । उनले लेखकलाई आउँदो कृतिमा थप सशक्तता ल्याउन सुझाव पनि दिए ।
कार्यक्रममा पुस्तक वार्ता पनि भएको बताइएको छ ।