
काठमाडौं। लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले तुलसीहरि कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित साधारणसभाले उपाध्यक्षमा शुष्मा चित्रकार,महासचिव सुमन सौरभ,सचिव श्रीबाबु कार्की,कोषाध्यक्ष छविरमण सिलवाल चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा राजेश खनाल,सिन्धु गौतम,तारा केसी र मधु पाठक चयन भए ।
समाजका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाबाट दुवै प्रतिवेदन पारित गरिएको छ ।
सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले यसले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गरे । उनले भने लघुकथा समाज नभएको भए सायद लघुकथाको सिद्धान्त लेखिंदैनथ्यो होला । रसंस्थालाई अझै अगाडि बढाउन गम्भीरतापूर्वक लाग्न उनले सुझाव दिए ।
सल्लाहकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमले वर्तमान समयमा सिथिलता होइन्,क्रियाशिलताको खाँचो छ भन्द
नयाँ कार्यसमितिले इतिहास निर्माण गर्नुपर्नेमा जोड दिए ।
समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गरे । उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
निवर्तमान अध्यक्ष गोपाल अश्कले समाजले गरेका कामहरूबारे बोले ।
साधारण सभामा राधेश्याम लेकाली,मधु पाठक,मोहन चापागाईं लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
बन्द सत्रमा निर्वाचन समितिका संयोजक प्रदीप सापकोटाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
साधारण सभा गोपाल अश्कको अध्यक्षता एवं श्रीबाबु कार्कीको सञ्चालनमा भएको थियो ।

