
सिक्किम।काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका विभागाध्यक्ष प्रा.डा.दिवाकर प्रधानको निबन्धनात्मक लेखसङ्ग्रह ५ जुलाईका दिन सिक्किममा लोकार्पित भएको छ।
प्रधानको उक्त अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेखसङ्ग्रह भाषाविद् डा.गोकुल सिन्हा लगायतले लोकार्पित गरे।
लेखककी अर्धाङ्गिनी श्रीमती निर्मला प्रधानको चौथो स्मृति दिवसका अवसरमा गान्तोकमा आयोजित एउटा भव्य कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।
उक्त कृतिका भूमिकाकार सिक्किम विश्वविद्यालयका प्रा.डा.बलराम पाण्डे, नरबहादुर भण्डारी महाविद्यालयका प्राध्यापक डा.टेकबहादुर क्षेत्रीले उक्त कृतिबारे चर्चा गरेका थिए ।
लेखक प्रधानले आफ्नो कृतिले सबैको प्रश्नलाई समाधान गर्न नसके पनि सूचना प्रदान गर्ने बताए। प्रमुख अतिथि डा.सिन्हाले लेखकको प्रयास सह्रानीय भएको बताए। संस्कृतिका विविध पाटामध्ये एउटा पाटो चिनाउने लेखकको प्रयासको प्रशंसा गरे।
श्री राजके श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवि प्रविण खालिङ, परशु ढकाल,रञ्जना कार्कीले कविता वाचन गरेका थिए ।
गान्तोकको जनपक्ष प्रकाशनद्वारा उक्त कृति प्रकाशित भएको हो।





