काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षाविद् तथा कोशकार प्रा.शंकरराज पाठकलाई प्रदान गर्ने भएको छ ।
परिषद्की अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको परिषद् प्रबन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो । परिषद्ले आदिकवि भानुभक्त पुरस्कार विसं.२०५२ सालदेखि प्रत्येक वर्ष प्रदान गर्दै आइरकेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार रुपैयाँ प्रदान गरिने परिषद्ले जनाएको छ ।




