काठमाडौं।आभास साहित्य कोषले ०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गरिने भएको छ ।
यसैगरी,आभास उत्कृष्ट साहित्य पुरस्कार,२०८१ ‘अर्हत् ‘ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने निर्णय भएको कोषका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।