काठमाडौं। राष्ट्रिय सुसेली फाउन्डेसनको सातौं वार्षिकोत्सव शुक्रबार विभिन्न स्रष्टाहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
सातौं वार्षिकोत्सबमा सुसेली विधालाई सम्बर्द्धन,प्रबर्द्धन तथा स्थापित गर्न सहयोग गर्ने कवि साहित्यकार सम्मान अर्पण गरिएको हो।
जन्मभूमि सुसेली सम्मानबाट ठाकुर शर्मा भण्डारी,डा.शेष-चन्द्रा न्यौपाने सुसेली सम्मानबाट डा. यज्ञश्वर निरौला,राम-सुशीला सुसेली सम्मानबाट डा.देवी नेपाल सम्मानित भए ।
यसैगरी सुचिता-ऋतु सुसेली सम्मानबाट प्रा.डा.जगतप्रसाद उपाध्याय’प्रेक्षित’,केशव-विमलासुसेली सम्मानबाट वेदमणि घिमिरे,कमला देवकोटा सुसेली सम्मानबाट प्राज्ञ डा.हेम पौडेललाई सम्मानित गरियो ।
कार्यक्रममा बम-जानुका सुसेली सम्मानबाटवरिष्ठ कथाकार प्राज्ञ माया ठकुरी सम्मानित भइन् । यसैगरी मुरली-सरस्वती सुसेली सम्मान प्रा.डा.रामप्रसाद ज्ञवाली र कृष्ण-गुनु सुसेली सम्मानबाट कलानिधि दाहाल सम्मानित भए ।
सोही कार्यक्रममा गंगा सुसेली सम्मानबाट महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने गंगा सुसेली सम्मान समीक्षकअरुण नदी खत्री र चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी छविरमण सिलवाल सम्मानित भए ।

यसैगरी चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान पुष्कर अथक रेग्मी,राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानबाट प्रकाशक,मिडियाकर्मी एवम् साहित्यकार दामोदर ढकाल’दीपक’ राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानबाट टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् साहित्यकार सुशीला ढकाल अधिकारी र संरक्षक सम्मानबाट कवि सुसेलीका प्रवर्तक,राष्ट्रिय सुसेली फाउन्डेसन,नेपालका संस्थापक केन्द्रीय अध्यक्ष एवम् संरक्षक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ सम्मानित भए ।
यसैगरी कवि साहित्यकार संरक्षक श्रीमती गङ्गा लिगल र कवि साहित्यकार संरक्षक सदस्य श्री विमल अर्याललाई सम्मानित गरियो ।
उक्त कार्यक्रममै आजीवन सदस्यता सम्मानबाट वासुदेव ठकुरी, पूर्णबहादुर खड्का सम्मानित भए । यसैगरी अक्षयकोष स्थापना सम्मानबाट जानुका थापा रायमाझी, कृष्णबहादुर केसी सापकोटा,सफलता न्यौपाने, मुरलीप्रसाद ढकाल, सुधा बाँस्कोटा ढकाल, शारदा आचार्य, सीता पाण्डे,पुनम घिमिरे, सरला ओझालाई सम्मान गरियो ।
सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जगतप्रसाद उपाध्याय प्रेक्षित,अध्यक्ष अधिकारी भमरकोटे,प्राडा शैलेन्दुप्रकाश नेपाल,प्रा.डा.गोविन्दमान सिंह कार्की लगायतले सम्मान गरेका हुन् ।
कार्यक्रकमा शिक्षाविद विष्णु पन्त,प्राडा नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा गायक एवं संगीतकार विष्णु गुरुङले सुसेली गाएका थिए । दुई चरणमा विभाजित कार्यक्रममा दोस्रो चरणमा विभिन्न कविहरुले सुसेली प्रस्तुत गरेका थिए ।