
काठमाडौं । भारतीय नेपाली साहित्यका शिखर पुरुष लीलबहादुर क्षेत्रीको निधन भएको छ ।
गएराती १०.१० बजे आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको साहित्यकार डा.सृजना शर्माले इखबर नेटलाई बताइन् ।
नेपाली भाषा र साहित्यका विशिष्ट हस्ती क्षेत्रीले बसाइँ जस्ता यथार्थवादी उपन्यास मार्फत नेपाली समाजको दुःख,विस्थापन र संघर्षलाई कलात्मक रुपमा प्रस्तुत गरेका थिए । उनका कृतिहरु नेपाली साहित्यिक सृजनामा सीमित रहेनन् । ती नेपाली समाज,संस्कृति र पहिचानको ऐना जस्तै बने ।
सन् २००८ मा भारत सरकारले उनलाई प्रतिष्ठित पद्यश्री पुरस्कार प्रदान गरेको थियो ।यसैगरी साहित्य अकादमी पुरस्कार,पद्यश्री पुरस्कार लगायतका पुरस्कारबाट पुरस्कृत क्षेत्री भारतको गौहाटी असममा बस्थे ।
क्षेत्रीको निधनले नेपाली साहित्यले एउटा युग गुुमाएको छ ।
साहित्यमा उनका अतृप्त,ब्रम्हपुत्रकोब्रम्हपुत्रको छेउछाउ,असममा नेपाली भाषाको साह्रोगाह्रो,बसाइँ,दोबाटो,तीन दशक बीस अभिव्यक्ति,लीलबहादुर क्षेत्रीका कथा आदि प्रकाशित छन् ।




