
काठमाडौं ।साहित्यिक पत्रकार संघले आयोजना गरेको ‘क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता- २०८१’नतिजामा दिपन अधिकारी प्रथम भएका छन्। उनको म नेपाली, मेरो नेपाल शीर्षकको निबन्ध रहेको छ ।
यसैगरी दोस्रो हुनेमा विपिन ढकाल र तेस्रोमा नीराजन ढकाल भएका छन् । विपिनको ‘आँखाअघि देशको चित्र’र निराजनको ‘एक अँजुली माया देशको लागि’शीर्षकको निबन्ध रहेका छन् ।
सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
विजयी हुने प्रथमलाई नगद प्रथम रु.३०,०००र/, दोश्रालाई रु. २०,०००/ र तेस्रालाई रु. १००००/सहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।
अन्य सहभागी मध्ये उत्कृष्ट सात प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।
वरिष्ठ समालोचकहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी रहेको छनौट सिफारिस समिति गठन गरिएको थियो ।
निबन्धको विषय देशप्रेमबारे चेतना जगाउने खालको हुनुपर्ने जनाइएको थियो ।
प्रतियोगितामा समावेश उत्कृष्ट सात निबन्धहरुको सङ्ग्रह प्रकाशित गरिने भएको छ । उत्कृष्ट अन्य सात मध्ये सुनिता अधिकारी, प्रकाश नेपाली, खिना सारु र सुशील पौडेल रहेका छन् ।
पुरस्कारको लागि आर्थिक व्यवस्थापन समाजसेवी सपना राउत (अस्टिन,अमेरिका) ले गरेकी छिन् ।
पुरस्कार वितरण यहि आउँदो फागुन २८ गते काठमाडौंमा हुने पनि आयोजकले बताएका छन् ।




