
काठमाडौं । उपन्यासकार उषा के.सी.को ‘हिउँफूल’ उपन्यासको लोकार्पण भएको छ ।
साहित्यिक पत्रकार संघको आयोजनामा राजधानीमा उक्त उपन्यासको लोकार्पण भएको हो ।
कृतिको लोकार्पण प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा गरे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले आआफ्नो मन्तव्य राखे ।

कार्यक्रममा लोकार्पित कृतिका सर्जक उषालाई संघले बधाईपत्र तथा मायाको चिनोसहित सम्मान गर्यो ।
यसैगरी सोही कार्यक्रममा साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषाले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रम संचालनको संचालन कवि भैरवी भूगोलले गरेका थिए ।
यसअघि उषाको प्रहर मुक्तक संग्रह (२०७७) र माकुरी मुक्तक संग्रह (२०७९) प्रकाशित रहेका छन् ।




