काठमाडौं । हाम्रो लघुकथा केन्द्र,नेपालले केन्द्र सम्मान-२०८१ बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई अर्पण गर्ने घोषणा गरेको छ ।
चालीसको दशकबाट लघुकथा लेखन,विकास र विस्तारमा योगदान पुर्याए वापत ‘रोदन’लाई उक्त सम्मान अर्पण गर्न लागिएको हो ।
यसैगरी मोफसलमा बसेर लघुकथा लेखन र प्रकाशन गर्ने मोरंगका दिलिप राई ‘सगर’लाई योगनाथ बास्तोला लघुकथा सम्मान-२०८१ प्रदान गरिने भएको छ ।
हाम्रो लघुकथा केन्द,नेपालले हाम्रो लघुकथा केन्द्र, नेपालका सचिव रामराजा केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार उक्त सम्मानहरु आगामी चैत २ गते काठमाडौंमा अर्पण गर्ने जनाइएको छ।