काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानको १७ औँ स्थापना दिवसका अवसरमा वरिष्ठ साहित्यकारहरूलाई पुरस्कार तथा अभिनन्दन गरियो ।कथाकार तथा समालोचक प्रा.डा.दयाराम श्रेष्ठलाई ५१ हजार राशिको सुरभि-विजय चालिसे वाङ्मय पुरस्कार, २५ हजार राशिको सुरभि-रमा बद्री निबन्ध पुरस्कार वरिष्ठ निबन्धकार एवं अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई, २५ हजार राशिकै गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार वरिष्ठ कथाकार किशोर पहाडीलाई र २५ हजार राशिकै सुरभि- बाबुराम आख्यान साधना पुरस्कार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई अर्पण गरिएको थियो ।
यसैगरि चर्चित गीतकार कन्चन पुडासैनीलाई संस्थाले अभिनन्दन गरेको थियोे ।
कार्यक्रममा पुरस्कृत भागिरथि श्रेष्ठ र किशोर पहाडीले कथा वाचन गरेका थिए भने साहित्यकार दिपक लोहनीले लघुकथा वाचन गरेका थिए ।