
काठमाडौं । सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य,सङ्गीत,कला र सामाजिक क्षेत्रका प्रतिभावान प्रतिभाहरुलाई प्रदान गर्दै आएको सिम्पल सम्मान २०८१ को प्रतिभा चयन गरेको छ ।
सत्ताइसौं सिम्पल सम्मानको लागि शिक्षासेवी शारदा ढुङ्गेल,कलाकार मदनदास श्रेष्ठ ,गायिका लोचन भट्टराई ,साहित्यकार तथा पत्रकार छविरमण सिलवाल,समाजसेवी एवं प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई र नव कलाकार अन्जली महर्जन चयन भएका छन् ।
उपन्यासकार शङ्कर भारती संयोजक तथा सङ्गीतकार एवं निर्देशक केशव सान्दाइ र साहित्यकारएवं कलाकार विक्रम श्रेष्ठ सागर सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामहरु अध्यक्ष गायक पुष्कर जङ्गमको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा पारित गरि सार्वजनिक गरिएको बताइएको छ ।
आगामी फागुन १६ गते एक विशेष कार्यक्रम आयोजना गरेर सो सम्मान समर्पण गरिने सिम्पल आर्ट्सका संस्थापक विमल कोइरालाले जानकारी दिए ।
वि.सं.२०५५ सालमा विकेनी(विमल,केशव,निबन्ध) ले स्थापना गरेको उक्त सिम्पल सम्मानबाट हालसम्म १३० जना भन्दा बढी प्रतिभाहरु सम्मानित भैसकेका छन् ।








