
काठमाडौं । सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता-जातीय बृहत् इतिहास-संस्कृति र परम्परा’को परिचर्चा तथा सम्मान गरियो ।
साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको आयोजनामा उक्त परिचर्चा तथा सम्मान कार्यक्रम भएको हो ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो । दुबैजनालाई समारोहका प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले सम्मान अर्पण गरे ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेइससय पृष्ठको ‘विश्वमा मानव सभ्यता(जातीय बृहत् इतिहास(संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरूले चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, विशेष अतिथि प्रा. डा. सुरेन्द्र के. सी. अध्यक्ष राधेश्याम लेकाली, सम्मानित सर्जक टी. बी.चन्द सुब्बा, पत्रकार शोभा अर्याल, महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट कलाकारहरू लय संग्रौला, उत्तम के। सी।, वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आ(आफ्नो मन्तव्य राख्।
प्रमुख अतिथि प्रा.डा. भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पुर्याएको बताए। उनले यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उनको साहास तारिफयोग्य भएको जिकिर गरे ।
यस्तै प्रा.डा.केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृति रहेको सुनाउँदै हामीले आफूलाई परिमाजित गर्दै लानुपर्नेमा जोड दिए ।
महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भएपनि ति सबैले मानविय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गरे ।
बरिष्ठ कलाकार संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गरे ।

गीतकार तथा निर्देशक गणेश सुवेदीले सजिकरण गरेको उक्त कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशसनिय रहेको बताए।
सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको बताए। कृतिको सुरूवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाए ।

सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् । उनले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गरेका छन् ।
कलाकार उत्तम के सी, वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आआफ्नो मन्तव्य धारणा राखे ।
कार्यक्रममा उपस्थित सबैलाई मिलाप म्यागजिनका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत गरेका थिए ।





