
धूलिखेल,काभ्रे । सुनकोसी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकासतिर अग्रसर भएको छ ।
यहि क्रममा जिल्ला प्रहरी कार्यालय,काभ्रेलाई पुस्तक हस्तान्तरण गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल लगायतले पुस्तकहरु हस्तान्तरण गरेका हुन् ।
उक्त अबसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले -‘जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य “हामी पनि पढछौ”अभियानमा घुम्ती पुस्तकालय अन्तर्गत विभिन्न विधाका पुस्तकहरु संकलन गरी यस कार्यालय मातहत सम्पुर्ण प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूको ज्ञान, बुद्दि, विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि भई व्यवसायिक, व्यक्तिगत तथा सामाजिक जीवनलाई समेत सकारात्मक टेवा पुर्याउने उद्देश्य राखिएको” जानकारी दिनुभयो । उहाँले अभियानमा सघाउ पुर्याउने सुनकोसी वाङ्मय प्रतिष्ठान परिवारलाई धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष सिलवालले घट्दो पठन संस्कृतिलाई उठाई पठन संंस्कृतिको विकास गर्नमा प्रतिष्ठानले विभिन्न अभियानहरु सञ्चालन गर्ने उद्देश्यले अघि बढ्न लागेको इ खबर नेटलाई जानकारी दिनुभयो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।








