काठमाडौं । विष्णु थापा ‘बिछोड’को दोस्रो कृति ‘नीलो माइक्रोजस्तो नदी’कवितासङ्ग्रह लोकार्पण भएको छ ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ समालोचक प्रा.डा.रामप्रसाद ज्ञवाली रहनु भएको थियो ।
विशिष्ट अतिथिको आसनमा प्राज्ञ सदस्य तथा सामाजिक शास्त्र विभागक प्रमुख डा.कौशिला रिसाल, वरिष्ठ साहित्यकार एवं लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, समालोचक प्रा.डा. गोबिन्द मानसिंह कार्की, वरिष्ठ कवि तथा शब्दघर प्रकाशनका सम्पादक प्रोल्लास सिन्धुलीय, समिक्षक प्राध्यापक, साहित्यकार एवं समालोचक विनोद मन्जन, वरिष्ठ साहित्यकार एवं तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ गीतकार वी.वी.थापा कागेश्वरी पुस्तकालय आलापोटका अध्यक्ष कुमार खड्का र विमोचित कृतिका कृतिकार विष्णु थापा ‘बिछोड’ लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेतीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको संचालन कवि सुशीला खड्का ‘हसिना’ ले गर्नुभएको थियो ।
आज विमोचित कृतिमा ४८ वटा कविताहरू छन् । हरेक कविताका पङ्तीहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्राध्यापक, साहित्यकार तथा समालोचक विनोद मन्जन, उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गर्नू भएको थियो । करिब ७० जना सहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्कहरूमध्यबाट कवि राधा दुलाल कार्की र कवि भुवन सिवाकोटीले विमोचित कृतिबाट कविता वाचन गर्नुभएको थियो भने प्रा.डा.राम प्रसाद ज्ञवाली, डा. कौशिला रिसाल, विजयध्वज थापा, रामेश्वर श्रेष्ठ शैलेन्द्र’, प्रोल्लास सिन्धुलीय, प्रा.डा.गोविन्दमान सिंह कार्कीले मन्तव्य दिनुभएको थियो ।