काठमाडौ ।अनेसास शिखर पुरस्कार, दोहा, कतारले आज साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्यो ।
काठमाडौंमा आयोजित सो पुरस्कार नगद ३३,३३३। राशिसहित सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
कान्तिपुरमा आवद्ध कार्कीको सनैया उपन्यास प्रकाशित रहेको छ । मकवानपुरका कार्कीले कतार बस्दा नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको लागि यो पुरस्कार प्राप्त गर्नु भएको हो ।

अनेसास शिखर पुरस्कारूका अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पुरस्कार समितिका सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुरस्कार, अनेसास कतार र पुरस्कृत सर्जकबारे आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष प्रेमप्रसाद भट्टराई, अनेसास केन्द्रीय पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला, अनेसास केन्द्रीय निवर्तमान उपाध्यक्ष साहित्यकार रेनुका सोलु र सर्जक रमेशानन्द वैद्य लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
शिखर बैद्यको ६२ औं जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा बैद्य र अनेसास शिखर पुरस्कारका सदस्य भानु सुनार लगायत दिवङ्गत साहित्यकारहरुको सम्झनामा मौनधारण गरिएको थियो ।