
काठमाडौं। मुक्तककार मीना चौलागाईंको दोस्रो मुक्तक कृति’ मनोकाङ्क्षा’ को नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई लगायतका अतिथिहरूले लोकार्पण गरे ।
प्रमुख अतिथि कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने र मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने उनको भनाई थियो । मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको राईले बताए ।
प्राज्ञ डा.कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेकोचर्चा गर्दै कृतिकारले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको दाबी गरिन् ।
समारोहमा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि( कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गाना ,कृतिकारकी सुपुत्री आयुश्री चौलागाईं लगायतले कृति र कृतिकारको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
लोकार्पित मुक्तक सङ्ग्रह बाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीनरतीनवटा मुक्तक वाचन गरेर सुनाए।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उदघोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न भए्रको थियो ।
नोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।





