
काठमाडौं । दार्जिलिङको पर्यटकीय सहरका रूपमा परिचित मिरिकमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन सम्पन्न भएको छ ।
मिरिकस्थित ‘साहित्य सुनौँ परिवार’को आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा सम्पन्न उक्त एकल वाचन कार्यक्रम भएको थियो ।
कार्यक्रममा कवि अधिकारीले २०३६ देखि २०८१ सालबीचमा लेखेका आफ्ना करिब दुई दर्जन चर्चित कविता तथा गीतहरू वाचन गरेका थिए ।

