काठमाडौ ।बरिस्ठ बाल साहित्यकार पराजुलीको निधन काठमाडौं । बरिस्ठ बाल साहित्यकार गोपाल पराजुलीको निधन भएको छ । पछिल्लो समय उनी काठमाडौँको बानेश्वरमा बस्दै आएका थिए।
उनी मूलतः बालसाहित्यकारका रूपमा परिचित थिए। करिब ५ सयजना विभिन्न क्षेत्रका व्यक्तित्वहरूको जीवनी पनि उनले लेखेका थिए।
केही राष्ट्रिय विभूतिहरू (भाग १-३), पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी, हाम्रा प्रसिद्ध साहित्यकार (भाग १-६), नानीको बानी (बालनिबन्ध), रूपको साहस (बालकथा), एक दिनको यात्रा (बालउपन्यास), समयका डोबहरू (कविता), नेसनल हिरोज अफ नेपाल, पच्चीस प्रतिभा (भाग १-७) र लिटरेर आइकन अफ नेपाल (भाग १-२) उनका मुख्य कृति हुन्।बाल साहित्यमा निरन्तर लागिपरेका पराजुलीका समयका डोबहरु कविता संङ्ग्रह सहित थुप्रै बाल साहित्यका कृतिहरु प्रकाशित भैसकेका छन ।