काठमाडौ । बिहीबारदेखि वीर अस्पतालमा उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए।
अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म डिस्चार्ज हुने उनले बताएका छन् ।