
काठमाडौं । साहित्यिक पत्रकार संघले कवि शकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८०’ प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीले कवि ज्ञवालीलाई सम्मान पत्र समर्पण गरिन् ।
साथै कार्यक्रममा आख्यानकार ठकुरी,समालोचक प्रमोद प्रधान,लगायतले सम्मानित स्रष्टाको परिचय दिँदै उनका प्रकाशित कृतिका बारेमा बोले ।
संघका अध्यक्ष राधेश्याम लेकालीलेआफ्नो मन्तब्य राख्दै केही बर्ष पहिले नै घोषित सम्मान आज प्रदान गरिएको बताए ।
उक्त कार्यक्रममा सम्मानित स्रष्टा ज्ञवालीका साथैमुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, मीना सिंह खड्का, मदनदास श्रेष्ठ र प्रा.डा.सुरेन्द्र के।सी. बोलेका थिए ।
कार्यक्रममा चर्चित गायक शिशिर योगीले गीत गाएका थिए ।
यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा र बुँद रानालगायत कविहरू सम्मानित भइसकेका छन् ।







