
काठमाडौं । उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को सार्वजनिक भएको छ । ।
सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताउनु भयो । कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि चर्चा गर्दै ऐतिहासिक उपन्यास भएको उल्लेख गर्नुभयो । सार्वजनिक कृतिका उपन्यासकार कल्पना खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी गराउनु भयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, कृति प्रकाशन संस्था मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागे, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेल, अनेसासकी पूर्व अध्यक्ष गीता खत्री लगायतले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने अनेसास नेपाल, निवर्तमान अध्यक्ष सन्ध्या पहाडीले उपन्यासकार खरेलको परिचय राख्नु भएको थियो ।
आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गर्नु भएको थियो । कार्यक्रम आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गर्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।








