
काठमाडौं । उपन्यासकार प्रकाश तिवारीको’ छयानब्बे गड्डी’ र कृष्ण धारावासीको ‘अर्धकट्टी’ उपन्यासको सार्वजनिकीकरण भएको छ ।
बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्य तथा पूर्व प्रधान न्यायाधिश गोपाल पराजुली तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला तथा उपन्यासकार द्धयले उक्त औपन्यासिक कृतिहरु सार्वजनिक गरे ।
कार्यक्रममा अतिथी सहित उपन्यासकार द्धयले आफ्ना कृतिका रचनागर्भको बारेमा आ-आफनो धारणा राखेका थिए ।
धारावासीको उपन्यास आफ्नै जीवनका विभिन्न आयामहरुमा आधारित रहेको छ भने तिवारीको उपन्यासमा नेपाली विकृत राजनीति र कर्मचारीमा मौलाउँदो भ्रष्टाचार लगायतको कुरामा केन्द्रित छ ।उपन्यास नेपालको राजनीति, कर्मचारीतन्त्रमा ब्याप्त भ्रस्टाचार , तस्करी र माफियातन्त्रका बारेमा लेखिएको र यस कृतिमा प्रधानमन्त्रीलाई पनि पात्र बनाइएको लेखक तिवारीले बताए ।

कार्यक्रममा सबै विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राखे भने उपन्यासकार अमर न्यौपानेले दुवै पुस्तकबारे आफनो धारणा राखे ।
काठमाडौं बेन्क्यूट,बानेश्वर,थापागाउँमा भएको उक्त कार्यक्रममा पैरवी वुक हाउसले स्रष्टाहरुलाई समेत गरेको थियो । विभिन्न चाडपर्व नजिकिँदै गर्दा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समेत गरिएको थियो ।
सार्वजनिक गरिएका पुस्तकहरु पैरवी वुक हाउसले प्रकाशन गरेको हो ।




