
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् । त्यसैले आजको बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ ।






