काठमाडौ । ललितपूरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी बिरुद्ध भ्रष्टाचार सम्बन्धी पाँचवटा छुट्टाछुट्टै मुद्दा दायर भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।
गोदावरी ढुंगा गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट कम गरी सरकारलाई हानी नोक्सानी पुर्याएको उनीहरुमाथि आरोप छ । उनीहरुबिरुद्ध एक अर्ब ४ करोड ८७ लाख ४५ हाजार रुपैयाँ बिगो माग गरेको छ ।