
काठमाडौं । सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ मुख्यसचिवमा अर्याललाई नियुक्त गरेको हो ।
मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ बाटअनिवार्य अवकाशमा जाँदैछिन् ।
अर्याल आजसम्म गृहसचिवको जिम्मेवारीमा थिए ।





