
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सबै राज्यमन्त्रीलाई हटाएका छन् ।
मुख्यमन्त्रीसहित १२ मन्त्रालय रहेको प्रदेशमा उनले आठ राज्यमन्त्री थपेपछि सर्वत्र आलोचना भएको थियो ।
सर्वत्र भएको आलोचनापछि जनमत पार्टीले उनलाई स्पष्टीकरण समेत सोधेको थियो ।
यसरी हटाइएका राज्यमन्त्रीहरुमा भौतिक पूर्वाधार राज्यमन्त्री मोहम्मद जैद आलम, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय, वन तथा वातावरण राज्यमन्त्री रन्जुकुमारी मण्डल खड्ग, शिक्षा तथा संस्कृति राज्यमन्त्री रामबाबु यादव, उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री शम्भुकुमार साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रेखा ठाकुर र ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री निलमकुमारी रजक रहेका छन् ।





