काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।
यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफलसहित सर्वसम्मत रुपमा पारित भएको थियो ।