
काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्य बिमा अन्तर्गत सूचिकृत जुनैपनि अस्पतलाबाट सेवा पाउने ब्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
आजको शुन्य समयमा उनले उक्त ब्यवस्था गर्न माग गरेका हुन् ।
झण्डै असी लाख हाराहारीमा नागरिक जोडिएको स्वास्थ्य बिमामार्फत सबै सेवा लिन प्रस्थान विन्दुबाट रिफरपत्र लिनुपर्ने ब्यवस्थाले सेवाग्रही मर्कामा परेको हुँदा त्यस्तो ब्यवस्था खारेज गर्न माग गरे ।
बिमा कार्ड देखाएको आधारमा सूचिकृत भएका जुनैपनि अस्पतालबाट बिरामीहरुले स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवा पाउन पर्छ उनको जोड थियो ।


