
काठमाडौ ।सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसरी सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।
राजस्व् सचिव रामप्रसाद घिमिरे अर्थमा सरुवा भएका छन्।
त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको छ।




