
काठमाडौ।निकोलस भुसाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो।
उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।
प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
उनलाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको छ।