काठमाडौ/संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक बस्न आब्हान गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समिति अन्तर्गतको संसदीय सुनवाई समितिका सदस्यहरुको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाँगले राष्ट्रिय सभामा उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो शंसोधन) विधेयक ,२०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ ।