काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति थप गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ ।
बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई केही पछि धकेल्न आग्रह गरेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि २८ जिल्लाका लाभग्राहीलाई आउने साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने समय निर्णय गरेपछि लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै एमाले जिल्ला कमिटी लामिछानेको ध्यानाकर्षण गराएको हो ।
एमाले काठमाडौं जिल्ला सांसद कृष्ण गोपाल श्रेष्ठले साउनभित्र काठमाडौंमा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि ज्येष्ठ नागरिकका लागि पीडादायी भएको उल्लेख गर्दै उत्त मिति सार्न आग्रह गरेको हो ।