
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई दिएका छन् ।
सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् ।
जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा जबरा पक्राउ परेको उल्लेख छ ।
जबरालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्ट्याउने भनेर आपराधिक बलको प्रयोग गरेको, हुलहुज्जत गरेको, प्रहरीसँग मुडभेड गरेको र निषेधित क्षेत्र तोड्न उत्प्रेरित गरेको आरोप लगाई प्रहरी हिरासतमा राखिएको छ।




