काठमाडौं।राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण(पहिलो संशोधन),आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने,सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो।
यी अध्यादेशहरू बैठकमा बहुमतद्वारा स्वीकृत भएका हुन्।