
सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिदै गर्दा खुशी हुनुको सट्टा तनावमा थिए । तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने ? उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए । माघ १६ गते सिरहा कारागारबाट रिहा हुने दिन थियो । दुई दिन अघि नाइके महतोलाई १० हजार ५ सय नजराना बुझाए ।
यो घटना अपवाद होइन । सिरहा कारागार भित्रको प्रमाण हो । यहाँबाट रिहा हुने हरेक कैदीबन्दीले कैदमुक्त हुनु दुई दिनअघि नाइके विजय महतोलाई त्यति रकम बुझाउनैपर्छ । रिहाईको दिन नजिकिएसँगै कैदीबन्दीलाई ठूलो चिन्ता हुन्छ १० हजार ५ सय कसरी जुटाउने ? कैदमुक्त ज्ञान यादव भन्छन,‘रिहाई हुनु दुई दिन अघि नै उसले जेलका नाइके महतोलाई १० हजार ५ सय नजराना चढाउनैपर्छ । रिहा हुने एक साता अघि नै नाइके महतोले चेतावनी दिन्छन् । चेतावनी दिएको तीन दिनभित्र रकम नबुझाए कुटपिट गर्न थाल्छन् । यातना दिन थाल्छन् । कैदी बन्दीले घरमा फोन गरेर रकम मगाउँछन् ।’
धरौटी राख्न ढिला हुँदा दुई दिनका लागि कारागार चलान गरिएका राजदेव यादवले पनि १० हजार ५ सय नाइके महतोलाई दाम चढाउनैपर्यो । भन्छन्, ‘त्यति रकम नदिएसम्म कारागारबाट निस्कनै दिएनन् । मन्दिर बनाउने, कारागारको भित्ता रंगाउने वा मर्मत गर्ने नाममा नाइके महतोले हरेक मुक्त हुने कैदीबन्दीसँग रकम असुल गर्छन् । सिरहा जेलभित्र नेपालको कानून चल्दैन । त्यहाँ विजय महतोले जे बोल्यो त्यही कानून बनेर लागु हुन्छ ।’
हात हतियार खर खजाना मुद्दाबाट सजाय पाएर जेलमुक्त भएका कल्याणपुर





